Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकीमा कांग्रेसका सुरेन्द्रले गरे मुख्यमन्त्रीमा दाबी पेश


    बिहिबार, बैशाख १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री लड्न दाबी पेश गरेका छन् ।

    प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न दिएको समयभित्र नेता पाण्डेले आज मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

    गोरखा २ ‍(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका पाण्डेले नेपाली कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा ३५ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका हुन् ।

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार