रौतहट । रौतहटको एक वडा अध्यक्ष कोरोना संक्रमण मुक्त भएर आइसुलेसनबाट घर र्फकने क्रममा गुजरा नगरपालिकाको खतबैया गाउमा मंगलबार राती झडप भएको छ ।
वडा अध्यक्ष अंसारी कोरोना संक्रमणबाट निको भइपछि उनलाइ लिन १५ वटा मोटरसाइकल स्वागतको लागि आइसुलेसन गएको थियो । झडपमा ७ जना घाइते भएको गुजरा नगरपालिकाका नगर प्रमुख शन्तलाल चौधरीले जानकारी दिएका छन् । घाइतेको उपचार बिरगंजमा भएको छ ।
रौतहटको गुजरा नगरपालिका वाड नं ६ का वडाध्यक्ष सकिल अन्सारी कोरोना संक्रमण मुक्त भएपछि स्वागत गर्न गएको वडा अध्यक्ष पक्षधर र स्थानिय बिच झडप भएको उनले बताए।