काठमाडौँ। गण्डकी प्रदेशमा आज(बिहीबार) नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन्। केन्द्रीय सत्ता समीकरण फेरिएपछि प्रदेशका सरकार पनि एकपछि अर्को फेरिन थालेका हुन् ।
गण्डकीमा यसअघि नेकपा एमालेका खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८(२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त हुन लागेको हो ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय बिहीवार अपराह्न ४ बजे सकिँदैछ ।
यसअघि माओवादीले समर्थन फिर्ता लिएपछि एमालेका अधिकारी अल्पमतमा परेपछि अन्ततः विश्वासको मत पाउन असफल भएका थिए । फेरि गण्डकीमा माओवादी नै सरकार गठनका लागि निर्णायक बनेको छ ।
मुख्यमन्त्रीका लागि माओवादीले पनि दाबी गरेको छ तर केन्द्रले निर्णय गरेअनुसार कांग्रेसले पहिले मुख्यमन्त्री लिने समझदारी भएको कांग्रेस स्रोत बताउँछ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नै मुख्यमन्त्री बन्नेछन् ।
गण्डकीमा काँग्रेस माओवादीबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । तर, दुई दलबीच अवधि भने निर्धारण भएको छैन।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend