काठमाडौँ। गण्डकी प्रदेशमा आज(बिहीबार) नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन्। केन्द्रीय सत्ता समीकरण फेरिएपछि प्रदेशका सरकार पनि एकपछि अर्को फेरिन थालेका हुन् ।
गण्डकीमा यसअघि नेकपा एमालेका खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८(२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त हुन लागेको हो ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय बिहीवार अपराह्न ४ बजे सकिँदैछ ।
यसअघि माओवादीले समर्थन फिर्ता लिएपछि एमालेका अधिकारी अल्पमतमा परेपछि अन्ततः विश्वासको मत पाउन असफल भएका थिए । फेरि गण्डकीमा माओवादी नै सरकार गठनका लागि निर्णायक बनेको छ ।
मुख्यमन्त्रीका लागि माओवादीले पनि दाबी गरेको छ तर केन्द्रले निर्णय गरेअनुसार कांग्रेसले पहिले मुख्यमन्त्री लिने समझदारी भएको कांग्रेस स्रोत बताउँछ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नै मुख्यमन्त्री बन्नेछन् ।
गण्डकीमा काँग्रेस माओवादीबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । तर, दुई दलबीच अवधि भने निर्धारण भएको छैन।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend