Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनले भारतलाई दियाे यस्ताे कडा चेतावनी


    बुधबार, भाद्र १७ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी – चीनले भारतलाई आफ्ना सेनालाई उक्साउने काम नगर्न चेतावनी दिएको छ । चीनले उत्तेजक कारवाही रोक्न र वास्तविक नियन्त्रण रेखा (एलएसी)को उल्लंघन गरेका सैनिकहरूलाई तुरुन्त फिर्ता लिन आग्रह गरेको छ ।

    ग्लोबल टाइम्सकाअनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनइङ्गले मंगलबार प्रेस ब्रिफिङमा यस्तो बताएकी हुन् । उनले चीनले कुनै देशको एक इन्च जग्गा पनि कब्जा नगरेको दाबी गरेकी छन् ।

    उनले भनिन्, ‘चीनले कहिले पनि कुनै द्वन्द्व उत्पन्न गरेको छैन । न त चीनले कुनै देशको एक इन्च जग्गा कब्जा गरेको छ । चिनियाँ सेनाले कहिले पनि एलएसी रेखालाई पार गरेको छैन । सायद त्यहाँ सञ्चारको मुद्दा हुनसक्छ ।’

    यस अघि भारतको चिनियाँ दूतावासले पनि भारतीय सैनिकले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा बिभिन्न ठाउँहरुबाट अवैध रुपमा सीमा पार गरेको बताएको थियो ।

    दूतावासले भनेको छ, ‘चीनले भारतलाई औपचारिक रुपमा सीमा सेनालाई नियन्त्रण गर्न आग्रह गरेको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार