Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोना संक्रमण


    बुधबार, भाद्र १७ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप ३  सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप  ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

    त्यसमध्ये काठमाडौंका ३ सय ५०, ललितपुरका २९ जना र भक्तपुरमा ९ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

    त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ११ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए। बुधबार नयाँ संक्रमितमा ३ सय २० महिला र ८ सय पुरुष छन्।

    यस्तै मन्त्रालयका अनुसार १० हजार ४ सय ९३ जना आइसोलेशनमा रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६ सय १५ छन्। क्वारेन्टिनमा ६ हजार ७ सय ६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार