काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चितवन-२ मा उम्मेदवारी दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का उम्मेदवार रवि लामिछाने विजयी हुने अनुमान धेरैले गरेका थिए । अघिल्लो निर्वाचनभन्दा उपनिर्वाचनमा उनले कति मतान्तरले जित्छन् भन्ने बहस मात्र चोकचोकमा भइरहन्थ्यो ।
मंसिर ४ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत पाएका थिए । उनले उपनिर्वाचनमा ४ हजार ८ सय ७६ मत बढाएका छन् । यस पटक ५४ हजार १ सय ७६ मत ल्याएर उनी विजयी भए । कांग्रेस-एमालेको मत पहिलाभन्दा घटेको छ ।
दुवै दलले झन्डै ३ हजार ८ सय मत गुमाएका छन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलेभन्दा अहिले जितनारायण श्रेष्ठले ३ हजार ७ सय ७४ कम मत पाए । कांग्रेसको मात्र होइन, एमालेको मत पनि उस्तै घटेको छ । अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखेलले १४ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए । तर अहिले एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले पोख्रेलले भन्दा ३ हजार ७ सय ८६ मत कम पाए । आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend