Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मतगणना सुरु गर्न चितवनमा सर्वदलीय बैठक बस्‍दै


    सोमबार, बैशाख ११ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवन–२ को मतगणना सुरु गराउन सर्वदलीय बैठक बस्दैछ । निर्वाचन आयोग चितवन कार्यालयले बैठक ८ बजे बस्ने बताएको हो ।

    आचारसंहिता उलङ्घनको विषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजैदेखि सुरु हुने पर्ने मतगणना हुन सकेको छैन । सोही बैठकमा सहमति खोजेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी ९प्रजिअ०ले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै हिजो कांग्रेसले उजुरी गरेको थियो । सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान कांग्रेसले लिए पछि हिजो नै हुनु पर्ने मतगणना अझै सुरु हुन नसकेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार