Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • चितवन–२ को मतगणना आजै रातिदेखि हुने


    आइतबार, बैशाख १० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चितवन २ को मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भएको छ । मतगणनाका लागि आवश्यक सबै तयारी भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    मतगणनास्थलमा तारजाली र सिसिटिभी जडान गरिएको बताइएको छ । कार्यालयले बैशाख १३ गतेसम्ममा मतगणनाको पूर्ण नतिजा आउने बताएको छ ।

    मतगणना चितवनमा आज रातिदेखि नै सुरु गर्ने तयारी भएको बताइएको छ । राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार