Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसका नेतालाई भाजपा प्रवेश गर्न सुझाव


    बुधबार, भाद्र १७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नयाँदिल्ली । भारतीय कांग्रेसका नेताहरुलाई पार्टी परित्याग गरेर सत्तारुढ भारतीय जनता पार्टीमा आउन केन्द्रीय एक मन्त्रीले सुझाव दिएका छन् ।
     
    कांग्रेस पार्टीमा उनीहरुको भविष्य नभएको भन्दै केन्द्रीय मन्त्री रामदास अथावालेले यस्तो सुझाव दिएका हुन् । 
     
    कांग्रेसका वरिष्ठ नेताहरु गुलाम नबी आजाद र कपिल सिबलले सो पार्टीबाट राजीनामा दिनु उपयुक्त हुने भनाई राखेका हुन् । 

    सत्तारुढ गठबन्धन फेरि पनि शक्ति र सत्तामा फर्किने भएकाले धेरै उमेर पुगेका बरिष्ठ नेताहरु कांग्रेसमै रहिरहँदा कुनै अवसर नपाउने तर्क समेत भाजपाका मन्त्रीले गरेका छन् ।
     
    यसअघि भएको संसदीय निर्वाचनमा भारतीय कांग्रेस पार्टीलाई सबैभन्दा ठूलो दल बनाउन नसकेपछि नैतिकताका आधारमा जिम्मेवारी लिँदै तत्कालीन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि कांग्रेसमा अन्योल बढेको छ ।
     
    विशेष गरेर कतिपय नेताहरुले राहुललाई नै अध्यक्ष बनाउनु पर्ने अडान र कतिपय नेताहरुले गान्धीको विकल्प खोज्नु पर्ने अडान राखेकाले पार्टीमा नयाँ अध्यक्ष चयन हुन सकेको छैन ।
    नयाँ अध्यक्ष चयन नहुँदासम्म पार्टीले पूर्व अध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ । तर केही समयका लागि त्यो जिम्मेवारी दिएपनि लामो समयसम्म नयाँ अध्यक्ष चयन नभएको भन्दै पार्टीमा विवाद फेरि बढेको हो । 

    पार्टीलाई पूर्णकालीन र देखिने नेतृत्वको आवश्यकता रहेकाले तत्काल त्यसको व्यवस्था गर्न माग गर्दै आजाद सहितका २० जना नेताले केही हप्ता अगाडि अन्तरिम अध्यक्ष गान्धीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
     
    त्यसको लगत्तै अध्यक्ष चयन गर्न भन्दै केन्द्रीय समितिको बैठक बोलाइए पनि कुनै निर्णय विना बैठक अन्त्य भएको थियो । एएनआई

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार