काठमाडौं । आफ्नै ७ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । प्रहरीले छोरीमाथि बलात्कार गरेको आरोपमा शंखमुलबाट ४० वर्षीय बाबुलाई पक्राउ गरेको हो ।
छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले ती पुरुषलाई मंगलबार राति पक्राउ गरेको हो ।
उनले छोरीमाथि पटक–पटक बलात्कार गरेका थिए । उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पुरुषबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।