Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २८ जना फरार अभियुक्त एकै दिनमा पक्राउ


    बुधबार, भाद्र १७ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कास्की । विभिन्‍न अभियोगमा फरार रहेका २८ जना अभियुक्तलाई कास्की प्रहरीले एकै दिन पक्राउ गरेको छ। दण्डहिनता विरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरूमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रहेका २८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरूमा स्याङजा कोल्मा घर भई हाल पोखरा महानगरपालिका-२७ बस्ने सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद र  ५० हजार रुपैयाँ जरिवाना तोकीएका २१ वर्षीय अनिल थापा मगर छन् । यस्तै पोखरा महानगरपालिका-१० बस्ने बैंङकिङ् कसुर मुद्दामा ७ दिन कैद सजाय र ९ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएका ५३ वर्षीय धिरज गुरुङ समेत पक्राउ परे।

    ती बाहेक केही सार्वजनिक अपराध मुद्दामा ३ सय ५० रुपैयाँ देखि ५ हजार रुपैयाँसम्म जरिवाना तोकी फरार रहेका कास्की जिल्ला अन्तर्गतका विभिन्न स्थानमा बस्ने २६ जना प्रतिवादीहरू रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेश गरेको प्रहरीले जनाएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार