काठमाडौं । कोरोना संक्रमित १७ वर्षीय युवकको मृत्यु भएको छ । बुधबार बिहान ती युवकको काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको हो ।
सर्लाही घर भएका उनी भदौ १० गते वीरमा भर्ना भएका थिए । ती युवकले यसअघि झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका समेत थिए । झुण्डिने क्रममा घाइते भएका उनलाई वीर अस्पतालमा ल्याइएको अस्पतालका कोभिड संयोजक डा. अच्युतले कार्की बताए ।
तर ती युवको कुनै ट्राभल हिस्ट्री नभएको र कुनै दीर्घरोग समेत नरहेको डा. कार्कीले बताए । मृतकको शव व्यवस्थापनका लागि खबर गरिसकिएको र नेपाली सेनाले सो काम गर्ने बताइएको छ ।