चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन हुन सक्ने बताएका छन् ।
आइतबार भएको उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार रहेका लामिछानेले जित नजिक पुगेका छन् । पछिल्लो मतपरिणामअनुसार निकतटम् प्रतिस्पर्धी कांग्रेसका जीतनारायण श्रेष्ठलाई ४० हजार ८६४ मतले पछि पारेका लामिछानेको जित निश्चित जस्तै बनेको छ ।
यस क्रममा चितवनमा सञ्चारकर्मीसितको कुराकानीमा उनले सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने जनाएका हुन् । वर्तमान सरकारले विगतका भ्रष्टाचारको विषयमा छानबिन गर्न चासो नदेखाएकाले सरकारलाई समर्थन गरिरहनुको अर्थ नरहेको उनको भनाइ छ ।
उपनिर्वाचनमा जित नजिक पुगेका उनले भ्रष्टाचारविरुद्ध सशक्त रुपमा उभिने आफ्नो एजेन्डालाई जनताले अनुमोदन गरेको उल्लेख गरे । लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानमा उभिन सक्ने सरकारमा मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुने दाबी गरे ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend