Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संक्रमण नियन्त्रणका लागि १५ दिन कर्फ्यू लगाउन फोरमको माग


    बुधबार, भाद्र १७ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले काठमाडौंको बन्दाबन्दीलाई अझै कडा बनाउन माग गरेको छ । यसका लागि १५ दिन कर्फ्यू लगाउन समेत सुझाव दिइएको छ ।

    मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको बताए । 

    पछिल्ला दिनमा जारी गरिएको निषेधाज्ञाले संक्रमण फैलने क्रमलाई केही हदसम्म रोकेको र यसलाई अझै प्रभावकारी बनाउन कर्फ्यू लगाउनु उपयुक्त हुने फोरमको तर्क छ । 

    कोरोना संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने पनि श्रेष्ठले बताए । कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्ने तर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको पनि उनले बताए । त्यसका लागि आफू बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने पनि श्रेष्ठले बताए । 

    उपत्यकामा भदौ तीन गते मध्यरात देखि निषेधाज्ञा जारी भएको थियो । जसको समय आज (बुधबार) मध्यरात देखि सकिदै छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार