काठमाडाैं । गण्डकी प्रदेशका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा थप ३६ जनामा संक्रमण पुष्टि भएको हो।
कास्कीमा २३, नवलपुरमा सात, लमजुङमा चार जना र तनहुँमा एकजनामा संक्रमण पुष्टि भएको हाे। संक्रमित मध्ये सशस्त्र प्रहरी गण पोखराका २० सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसमेत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ४५ पुगको छ।