काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिइरहेको अवस्थामा सरकारले अहिले सबैभन्दा सजिलो विकल्प अर्थात् निषेधाज्ञालई प्राथमिकतामा राखेको छ । पछिल्लो समय संक्रमणको दर बढेसँगै निषेधाज्ञा जारी भएका जिल्लाको संख्याहरु पनि बढ्दै गएको छ । ती जिल्लाहरुमा तीन हप्ता अघि देखि निषेधाज्ञा सुरु गरिएको हो । केही जिल्लामा भने दुई हप्ता पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।
अहिले भने देशभरका ३४ जिल्लामा पूर्ण निषेधाज्ञा रहेको मन्त्रालयले जनाएको छ । निषेधाज्ञा जारी भएका जिल्लामा सप्तरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, रौतहट, धनकुटा, चितवन, दोलखा र सिन्धुपाल्चोक रहेका छन् ।
यसैगरी सिराहा, मोरङ, रामेछाप, रुपन्देही, अर्घाखाँची, स्याङ्जा, पाल्पा, कैलाली प्युठान, दैलेख, कन्चनपुर, तेह्रथुम, संखुवासभा, बैतडी, कपिलबस्तु, डोल्पा, डोटी र दाङमा पनि पूर्ण निषेधाज्ञा छ।
यसैगरि आंशिक निषेधाज्ञा रहेका जिल्लाको संख्या ९ रहेको छ। नुवाकोट, झापा, जुम्ला, मकवानपुर, धादिङ, तनहुँ, बाग्लुङ, रुकुम पश्चिम र बझाङमा आंशिका निषेधाज्ञा छ।