भैरहवा । कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भइ भैरहवाको भीम अस्पताल उपचारका क्रममा रहेकी ती महिलाको मंगलबार राति मृत्यु भएको हो ।
ती महिला नवलपरासी रामग्राम–५ की स्थायी बासिन्दा रहेको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।
यसअघि कोरोना संक्रमण पुष्टि भएसँगै बुटवलमा उपचार गराइरहेकी ती महिलाको अवस्था बिग्रिएसँगै भीम अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
हाल भीम अस्पतालमा २१ जनाको उपचार भैरहेको छ । तीमध्ये चार जनाको आईसीयूमा र अन्य १७ जनाको जेनरल वार्डमा उपचार भैरहेको अस्पतालले जानकारी दिएको छ ।