Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रचण्ड-माधवप्रति लक्षित गर्दै ओलीले भने, नेकपा एकीकरणलाई ध्वस्त पारेर सस्तो मूल्यमा बिके !


    शनिबार, बैशाख ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालप्रति कटाक्ष गर्दै उनीहरू सस्तो मूल्यमा बिकेर कम्युनिस्ट पार्टीलाई ध्वस्त बनाएको आरोप लगाएका छन् । आज कम्युनिस्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई पार्टी कार्यालयमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनीहरुले कम्युनिस्ट पार्टीको झन्डा राख्नु नै विकार भएको बताए ।

    प्रचण्ड र माधवले नेकपा एकीकरणलाई ध्वस्त पारेर सस्तो मुल्यमा बिकेको जिकिर गरे । तर, मूल्यको बारेमा भने उनीहरुलाई नै जानकारी भएको उनको भनाइ छ ।

    ‘हामीले दुई तिहाइ पुर्यायौं । पार्टी एकीकरण गरेर । तर, टुप्पामा बस्ने नेताहरूलाई सहिसक्नु भएन र उनीहरू विके’, प्रचण्ड माधवप्रति लक्षित गर्दै ओलीले भने, ‘यतिकै उनीहरुले कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला, कुनै कारणविना कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला, सस्तो मूल्यमा बिके । के कस्तो मूल्य उहाँहरुलै जान्नुहोला । ’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार