काठमाडौं । सुरतको अदालतले बिहीबार भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानी मुद्दामा दोषी ठहर गरेको निर्णय विरुद्धको पुनरावेदन खारेज गरिदिएको छ ।
न्यायाधीश मोगराले गत अप्रिल १३ मा दुबै पक्षको बहसपछि फैसला गरेका थिए । आज सोही फैसला सुनाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । राहुलले उक्त निवेदनमा आफु विरुद्ध सुनाइएको दुई वर्ष जेल सजाय रोक्न अपिल गरेका थिए ।
राहुलसँग अझै उच्च अदलात जाने बाटो भने कायम रहेको छ । यो मुद्दा २०१९ मा बेंगलुरुमा भएको चुनावी र्यालीमा राहुलले दिएको बयानसँग सम्बन्धित रहेको छ । र्यालीमा राहुलले सबै चोरहरुको थर किन मोदी हुन्छ ? भन्ने अभिव्यक्ति दिएका थिए ।
त्यहि अभिव्यक्तिलाई लिएर गुजरातका बीजेपी विधायक पूर्णेश मोदीले मानहानीको मुद्दा दर्ता गराएका थिए । सोही मुद्दामा राहुललाई दोषी ठहर गर्दै गत मार्च २३ मा राहुललाई दुई वर्ष जेल सजाय तोकिएको थियो।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend