Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वैशाख १८ गतेदेखि तातोपानी नाका खुल्ने


    मंगलबार, बैशाख ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। लामो समयदेखि बन्द रहेको नेपाल–चीन तातोपानी नाका यही वैशाख १८ गतेदेखि पुन: नियमित सञ्चालनमा आउने भएको छ। नेपाली पक्षले निरन्तर उठाउँदै आएको नाका खोल्ने प्रस्तावप्रति चिनियाँ पक्ष पनि सहमत भएपछि वैशाख १८ गतेदेखि नाका खुल्ने भएको हो।

    नेपाल र चीनका अधिकारीबीच आज (सोबार) बिहान भएको वार्तामा ६ बुदेँ सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।

    २०७२ सालको विनाशकारी भुकम्पपछि तातोपानी नाका बन्द रहेको थियो। नाका खोल्ने विषयमा पटक–पटक वार्ता भए पनि चिनियाँ पक्ष सकारात्मक नहुँदा नाका बन्द नै थियो।

    मंगलबार बिहान नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा नाका खोलेर निकासी–पैठारी गर्नेहित ६ बुँदे सहमति भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जनाए।

    उक्त भएको वार्तामा नेपालबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीसहित अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख सहभागी थिए भने चीनियाँ पक्षबाट चीनको न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन लगायत निकायका अधिकारीहरु सहभागी थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार