मुम्बई । बलिउड अभिनेत्री क्रिसन परेरा लागुऔषध मामलामा यतिबेला दुबईको जेलमा छिन् । ‘सडक २’ र ‘बाटला हाउस’ जस्ता फिल्ममा अभिनय गरेकी उनलाई अरबका प्रहरीले युएईको शारजाह सेन्ट्रल जेलमा राखेका छन् ।
करिब दुई हप्ताअघि प्रहरीले उनलाई लागुऔषधको आरोपमा पक्राउ गरेको थियो । परिवारका अनुसार शारजाह विमानस्थलमा ओर्लानासाथ उनीसँग कसैको सम्पर्क भएको थिएन । त्यसको ७२ घण्टापछि मात्र भारतीय वाणिज्य दुतावासले उनी पक्राउ परेको खबर परिवारलाई दिएको थियो ।
छोरी पक्राउ परेपछि परिवार विक्षिप्त छन् । उनीहरुले छोरीलाई फँसाइएको आरोप लगाएका छन् । ‘हामी दुई साता यता मानसिक यातनाबाट गुज्रिरहेका छौं । मेरो बहिनी निर्दोष छिन् र उनलाई लागुऔषध मामलामा फँसाइएको छ । थाहा छैन मानिसहरु उनीबाट के चाहन्छन् । अब के गर्ने भन्ने हामीलाई थाहा पनि छैन’, उनका दाई केविनले भनेका छन् ।
उनकी आमा प्रेमिला परेराले आफ्नो छोरीमाथि रवी नाम गरेका व्यक्तिले ठगी गरेको आरोप लगाएकी छन् । ‘त्यो मान्छेले छोरीको टिमलाई एक वेब सिरिजमा काम गर्नका लागि खबर गरेको थियो । एक दुई वटा मिटिङ पछि ऊ दुबईमा अडिसनका लागि गएकी थिइ । त्यसपछि रविले अप्रिल १ मा मुम्बईको अन्तर्राष्ट्रिय विमानस्थलको एक कफी शपमा भेट्न बोलाएको थियो ।
त्यसपछि अडिसनको हिस्सा भनेर एक ट्रफी दिएको थियो । उसले त्यो ट्रफी घरमा ल्याई, जहाँबाट लागुऔषधको गन्ध आइरहेको थियो’, उनले भनेकी छन् ।
क्रिसनको परिवार छोरीलाई जेलबाट छुटाउन जतिसुकै रकम दिन तयार छन् । उनीहरुले दुबईको एक स्थानीय वकिल भाडामा लिएका छन् ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend