काठमाडौं। युक्रेनबाट खाद्यान्न आयातमा पोल्यान्ड र हंगेरीले आफ्नो स्थानीय कृषि उत्पादनको रक्षा गर्न प्रतिबन्धको घोषणा गरेका छन् । तर, युरोपेली संघ (ईयू)ले सदस्य राष्ट्रहरूको यस किसिमको एकपक्षीय कदम अस्वीकार्य भएको भन्दै विरोध गरेको छ ।
रुसी आक्रमणले ‘ब्ल्याक सी’का केही बन्दरगाह अवरुद्ध भएपछि ठूलो मात्रामा युक्रेनी अन्न युरोपेली बजारमै बेचिन थालेको छ । युक्रेनी अन्न ईयूमा सबैभन्दा सस्तो छ । यसले बजार पाउँदा अरू देशका कृषि उत्पादनको बिक्री घटेको छ ।
यो विषयले पोल्यान्डको ग्रामीण क्षेत्रका मानिसलाई आक्रोशित बनाएको छ ।
“हामी युक्रेनबाट अन्न र अरू कृषि उत्पादनको आयातमा प्रतिबन्धको सम्बन्धमा पोल्यान्ड र हंगेरीको घोषणाबारे सचेत छौँ,” युरोपेली आयोगका प्रवक्ताले एक वक्तव्यमा भनेका छन् ।
पोल्यान्ड सरकारका प्रवक्ता पिओटर मुलरले यस विषयमा ईयूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend