Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • शान्तिका लागि ३० देशको सामुहिक अठोट


    आइतबार, बैशाख ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • नयाँदिल्ली । ग्लोबल पीस लिडरसीप कन्फरेन्स दिल्लीमा सम्पन्न भएको छ । चैत २८ देखि तीन दिनसम्म चलेको कार्यक्रममा विश्वभर शान्ति फैलाउने अठोट गर्दै ३० भन्दा बढी देशका शान्तिका पक्षधर प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    भेलामा शान्तिलाई बढावा दिने विविध उपायहरू बारेमा छलफल भएको हो । कार्यक्रममा हरेक क्षेत्रमा युवालाई प्राथमिकता दिने, शिक्षामा पहुँच, मानिसभित्र रहेको शान्त स्वभावलाई बाहिर ल्याउन भूमिका खेल्ने, व्यक्ति आफैंले आफैंलाई माया गर्ने, सेवा भाव राख्नेजस्ता विषयलाई शान्तिको सूत्रका रुपमा दर्शाइएको छ । यस्तै शान्तिका लागि पर्यावरण संरक्षण पनि उत्तिकै महत्वपूर्ण रहेको निष्कर्ष निकाल्दै शान्तिका लागि थप सशक्त रूपमा काम गर्ने अठोट लिएको छ ।

    ग्लोबल पीस फाउन्डेसन इन्डियाका अध्यक्ष मार्कण्डेय रायले हरेक व्यक्ति पृथ्वीको मित्र बन्नुपर्ने बताए । उनले शान्तिका लागि प्रकृतिमा धेरै शक्तिहरू रहेको भन्दै त्यसको उपयोगमा जोड दिए । फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेम्स पी. फ्लिनले भविष्यलाई ध्यानमा राख्दै वर्तमानका कदमहरू चालिनुपर्नेमा जोड दिए । उनले विश्वशान्ति अपहरिहार्य रहेको भन्दै त्यसका लागि सबै क्षेत्रबाट साहसिक र सहयोगात्मक व्यवहार जरुरी हुने तथ्य औल्याए ।

    पीस लिडरसीप कन्फरेन्समा नेपालका विभिन्न जिल्लाका गरी ६० जनाको सहभागिता रह्यो । कुनै पनि व्यक्तिले पहिला आफैंबाट सुरू गरेको पारिवारिक शान्ति क्रमशः समाज, देश र विश्व शान्तिमा परिणत गर्न सकिने तथ्यलाई प्रचार गर्नु कन्फरेन्सको उद्देश्य रहेको आयोजकको दाबी छ । कार्यक्रममा नेपालका प्रतिनिधिहरूले सामुहिक रूपमा शान्तिको पहिलो एकाइ परिवार रहेकाले शान्तिको पहल त्यहीँबाट सुरू हुनुपर्ने धारणा कार्यक्रममा राखेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार