Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या


    आइतबार, बैशाख ३ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्। सामाजिक सञ्जालमा फेशबुकमार्फत आज ओलीले आफूलाई भाइरल ज्वरो आएको जानकारी दिएका हुन् ।

    उनले एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको समेत बताए। स्वास्थ्यमा समस्या आएपछि वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुन नसकेको अध्यक्ष ओलीको भनाइ छ ।

    ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर,अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन,’ उनले लेखेका छन् ।

    स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा सबैलाई भेट्न आउने उल्लेख गर्दै उनले पार्टीका तीनै जना उम्मेदवाारहरुलाई विजयको शुभकामना दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार