काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइस संक्रमण पुष्टि भएको छ । ग्राण्डी अस्पतालमा गरिएको परीक्षणमा मेयर शाक्यमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मेयर शाक्यले आफू होम आइसोलेशनमा बसिरहेको बताएका छन् । उनले श्रीमतीसमेतको कोरोना परीक्षण गराएका थिए । तर, श्रीमतीको भने नेगेटिभ रिपोर्ट आएको छ ।
शाक्यको श्रीमतीलाई ज्वरो आएपछि जाँचका लागि आइतबार बिहान ग्राण्डी अस्पताल पुगेका थिए । सोही समय आफ्नो पनि स्वाब दिएको उनले बताएका छन् ।
आज अस्पतालले फोन गरेर आफूलाई संक्रमण भएको जानकारी दिएको उनले बताए । मेयर शाक्यले आफूलाई केही दिनअघि भने थोरै जिउ दुखेर असहज भएको तर अहिले कुनै लक्षण नभएको बताए ।