Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारत उत्तर प्रदेशका पूर्वसांसद अहमद र उनका भाइको गोली हानी हत्या


    आइतबार, बैशाख ३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी। भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसद र उनका भाइको गोली हानी हत्या गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार प्रयागराजस्थित एक अस्पतालमा पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली प्रहार गरिएको थियो।

    पूर्वविधायक राजु पालको हत्या आरोपमा प्रहरीले पक्राउ गरेका अतिक र अशरफलाई प्रयागराजमा रहेको एक अस्पतालमा गएराति स्वास्थ्य जाँचका लागि लैजाने क्रममा गोली हानिएको हो । पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला भिडबाट गोली प्रहार भएको द हिन्दुस्तान टाइम्सले जनाएको छ।

    घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यो घटनालाई निकै गम्भीर भन्दै तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गरेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार