काठमाडौं । पछिल्लो २४ घण्टाभित्र नेपालमा कोरोनाको कारण थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको कारण ज्यान गुमाउने संख्या २ सय २८ पुगेको छ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महोत्तरीमा ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु भएको बताए । मृतकमा गोरखा र रुपन्देहीका दुई महिला रहेका छन् । यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित चार पुरुषको मृत्यु भएको उनले बताए ।
आज देशभर थप ८ सय ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमले महिला ३ सय ३ र पुरुष ५ सय ९६ जनामा संक्रमण पुष्टि भएको बताए । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४ सय ६० पुगेको छ।