Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सीटीइभीटीको तालिम खारेज हुँदा नेविसंघ असन्तुष्ट


    सोमबार, भाद्र १५ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) ले सञ्चालन गर्दै आएको तालिम खारेज गरेकोमा नेपाल विद्यार्थी (नेवि) संघले असन्तुष्टि जनाएको छ । 

    सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघले  सीएमए, एएनएम, ल्याब एसिस्टेन्ट र आयुर्वेदलगायत टीएसएलसी–एसईईस्तरका १८ महिने स्वास्थ्य तालिम खारेज गर्ने  गरी सरकारले हालै गरेको निर्णयको विरोध गरेको हो।

    विगत २५ वर्षदेखि अविछिन्न संचालित तालिम बन्द गर्दा अन्योलता छाएको नेविसंघका अध्यक्ष राजीव ढुंगानाले बताएका छन्।

    ‘हाल कोभिडविरुद्धको लडाइमा फ्रन्ट लाइनरको रुपमा कार्यरत सीएमए, एएनएम, ल्याब एसिस्टेन्टहरुलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरुसहित देशभर स्वास्थ्य शिक्षामा तालिमरत १२ हजार विद्यार्थीहरुलाई समेत आतंकित बनाउँदै कुनै खाका र योजना बिना नै किन बन्द गरियो?’ नेविसंघको विज्ञप्तिमा भनिएको छ, ‘नयां शैक्षिक सत्र र भर्ना तथा पठनपाठनको सम्पूर्ण तयारी भइसकेको अवस्थामा विद्यार्थी, अभिभावक र शिक्षण संस्थामाथि यो निर्णयले ठूलो नकारात्मक असर पारेको छ। पूर्वाधार सम्पन्न संस्थाहरुलाई अपग्रेड गर्ने सम्बन्धमा कुनै सोच नराख्ने, चलिरहेका यस्ता सिपमूलक तालिमहरु बन्द गराउने तर लेभल वान, लेभल टु जस्ता तालिमहरु भने संचालन गराई राख्ने क्रियालाप खराब नियत मनशायबाट ग्रसित छ।’

    सीटीइभीटी अध्ययन गर्ने विद्यार्थीहरुको विगत १३/१४ महिना अगाडि दिइएको परीक्षाको परीक्षाफल रोकिएको, सबै विकल्प सहितको वैकल्पिक माध्यमबाट कक्षा संचालन हुन नसकेको, परीक्षा संचालन गराउने सम्बन्धमा गम्भीरता नदेखिएको बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए।

    उनले भने, ‘खुलेका संस्थाहरूलाई पूर्वाधार सम्पन्न बनाउनु अपग्रेड गर्ने सोच राख्नु त परै जाओस्। शैक्षिक माफ़ियाहरूको चंगुलमा परी सीपमुलक तालिमहरू बन्द गर्नु गैर ज़िम्मेदारीको पराकाष्टा हो। यो संकटको समयमा स्वास्थ्यसँगै शिक्षाको क्षेत्रमा सरकार मूर्ति बन्दिँदा शिक्षा, परीक्षा र शैक्षिक सत्रको अन्योलताले लाखौ विधार्थीहरूको भविष्य अन्धकार भएको छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार