Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटार गोली प्रकरण : वर्षमान पुनकी आमालाई किन र कसरी लाग्यो गोली?


    शनिबार, बैशाख २ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चल्दा ७४ वर्षीय पुनकी आमा तीर्थमाली पुनलाई गोली लागेको छ।

    गएराति शुक्रबार काठमाडौंको गैरीधारास्थित डेरामा आएका आफन्त प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोलबाट तीर्थमालीलाई गोली लागेको हो। वीर अस्पतालको ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ। उनको खुट्टामा गोली लागेको प्रहरीले बताएको छ

    तीर्थमाली दुई छोरा डेभिड र प्रनिशसँगै गैरीधारामा बस्दै आएकी थिइन्। डेभिड र प्रनिश वर्षमानका भाइ हुन्।

    वर्षमानका नजिकका नातेदार प्रकाश पनि केही महीनाअघिसम्म उनीहरूसँगै बसेका थिए। चार-पाँच महीनाअघि मात्रै उनी छुट्टै डेरामा बस्न लागेको जनाइएको छ।

    एकाएक तीर्थमालीलाई गोली लागेपछि राति नै अस्पताल लगिएको थियो। प्रहरीलाई भने राति साढे २ बजे खबर गरिएको बताइएको छ।

    “राति २ बजे गोली चलेको भनेर प्रहरीमा खबर आएको थियो, त्यसलगत्तै प्रहरी टोली खटिई अनुसन्धान गरिरहेको छ,” नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दीपेन्द्र जीसीले भने।

    प्रहरी प्रवक्ता जीसीका अनुसार प्रारम्भिक अनुसन्धानमा गोली हानेको जस्तो देखिएको छैन। “पैतालामा गोली लागेको छ। कतै थिचिँदा गोली चलेको जस्तो देखिन्छन्,” प्रवक्ता जीसीले भने।

    प्रहरी सहायक हवल्दारकाे पेस्तोलबाटै गोली चलेको पाइएको प्रहरीले जनाएको छ। आज बिहान प्रकाशलाई बागडोलस्थित डेराबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

    उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखिएको छ।   “प्रकाशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकोछ,” प्रवक्ता जीसीले भने।

    प्रकाश सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिँदै आएका थिए। उनी वैशाख १ गते साँझ नयाँ वर्ष मनाउन आफन्तको डेरामा गएका थिए।

    गोली लागेर घाइते पुनकी आमा तिर्थमालीको स्वास्थ्य अवस्था अहिले तर खतरामुक्त रहेको जनाइएको छ।

    गोली तिर्थमालीको खुट्टामा लागेको र अवस्था सामान्य रहेको पारिवारिक स्रोतले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार