Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • होम आइसोलेशनमा कोरोना संक्रमित महिलाको मृत्यु


    सोमबार, भाद्र १५ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । होम आइसोलेशनमा रहेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो ।

    कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिएका छन् ।

    भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपाकिलाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार