Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहामा हात्तीको आक्रम,एकको मृत्यु, ३ घर भत्कायो


    शनिबार, बैशाख २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सिरहामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ।

    हिजो शुक्रबार गोलबजार नगरपालिका–३ बस्ने ७४ वर्षीय तुलबहादुर आलेमगरको घरनजिकै हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो।

    छिमेकी हर्कमान राईसहित चार जना राति साढे १० बजे नाच हेर्नका लागि घरबाहिर निस्केका थिए। घरबाट निस्केलगत्तै गाउँमा पसेको जंगली हात्तीले उनीहरूमाथि आक्रमण गरेको थियो ।

    तीन जना भागेर ज्यान जोगाउन सफल भएपनि उनी भाग्न सकेनन्।

    यसैगरी हात्तीले विजय पासवान, सानो पासवान र टोकन पासवानको घर पनि भत्काएर क्षति पुर्याएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार