Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घाँटीमा बंगुरको मासु अड्किएर मोरङमा १ जनाको मृत्यु


    शनिबार, बैशाख २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर। मोरङको रतुवामाई नगरपालिका–९ मा हिजो शुक्रबार साँझ घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ ।

    बंगुरको मासु घाँटीमा अड्किँदा रतुवामाई–९ का ४८ वर्षीय बेथुलाल माझीको मृत्यु भएको हो।

    प्रहरीका अनुसार मासु पोलेर खाने क्रममा साँझ ५ बजेतिर माझीको घाँटीमा बंगुरको मासु अड्किएको थियो । माझीलाई आफन्त र परिवारका सदस्यले तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगेका थिए ।

    उपचारका क्रममा साँझ ७:५० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा राखिएको छ । उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार