Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जापानी प्रधानमन्त्री किशिदामाथि पाइप बमद्वारा हमलाको प्रयास


    शनिबार, बैशाख २ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि पाइप बम प्रहार गरेर हमलाको प्रयास भएको छ ।

    जापानको वाकायामा शहरमा प्रधानमन्त्री किशिदाले भाषणको क्रममा उनीमाथि पाइप बम प्रहार भएको बताइएको छ । तर, बम विस्फोट हुँदासम्म प्रधानमन्त्री किशिदालाई सकुशल बाहिर निकालिएको थियो । किशिदा भाषण गर्ने ठाउँबाट बाहिर निस्किएपछि मात्रै ठूलो आवाज सुनिएको बताइएको छ ।

    उक्त घटनाको एउटा भिडियो पनि भाइरल भइरहेको छ, जसमा प्रधानमन्त्री किशिदाको भाषण सुन्न आएका मानिसहरू घटनापछि यता उता दौडिरहेको देख्न सकिन्छ । यस क्रममा प्रहरीले एक व्यक्तिलाई भुइँमा लडाएर पक्राउ गरेको पनि देख्न सकिन्छ ।

    घटनामा प्रधानमन्त्रीलाई कुनै चोटपटक नलागेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार