Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ७२ डीएसपीकाे सरूवा: यी हुन् इन्चार्ज पाउने भाग्यमानी ? (सूचीसहित)


    सोमबार, भाद्र १५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा १२ भन्दा बढी डीएसपीले इन्चार्ज पाएका छन् । 

    त्यस्तै केही वृत्तका डीएसपी पनि फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले कालिमाटीमा अपिलराज बोहोरालाई पठाएको छ । दरबारमार्ग बृत्तका डीएसपी रामेश्वर पौडेलको दरबन्दी कायम गरिएको छ । १५ किलो नक्कली सुन बरामद प्रकरणमा मुछिएपछि दरबारमार्ग बृत्तका डीएसपी रन्जन दाहालको तालिम केन्द्रमा सरुवा भएपछि पौडेलको काजसरुवा भएको थियो ।  राजेश थापा भक्तपुरको जगाती बृत्तमा सरुवा भएका छन् । 

    त्यस्तै जिल्लाको इन्चार्ज पाउने डीएसपीहरुमा गोविन्द थापा सल्यान, गौतम थापा तेह्रथुम, चक्रबहादुर शाह कालिकोट, चित्रबहादुर भट्टराई मुगु, मदनजीत महरा बाजुरा, महेन्द्र नेपाल डडुलधुरा, माधवप्रसाद काफ्ले जुम्ला, दानबहादुर थापा पाँचथर, योगेन्द्रसिंह थापा अछााम, राजु पाण्डे डोल्पा, रुपक खड्का बझाङ र सुनिल मल्लले प्यूठान  छन् । 

    त्यस्तै, बागमती प्रदेश सशस्त्र प्रहरी गण हेटौंडामा सरुवा भएका डीएसपी उद्धवसिंह भाटको सरुवा तत्कालै संशोधन भएको छ । उनलाई हेटौंडा गणमै दरबन्दी राखी इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीको प्रमुखमा काजमा खटाइएको छ । भाटले गणमा भएको सरुवा तुरुन्त पावर प्रयोग गरी बरहथवा इप्रकामा गराउन सफल भएका छन् । गणमा सेकेन्डम्यान हुने भएकाले पनि उनले इप्रकामा काज गराउन सफल भएका छन् । सरुवा निस्केको एक घन्टामै उनले बरहथवा काज गराएका छन् ।  

    DSP-Saruwa-1.jpg

    DSP-Saruwa-2.jpg

     

     

    DSP-Saruwa-4.jpg

    DSP-Saruwa-5.jpg

     

    DSP-Saruwa-6.jpg

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार