Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विप्लव समूहका आठ जना पक्राउ, प्रधानाध्यापकलाई अपहरण गरेको आरोप


    सोमबार, भाद्र १५ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानाध्यापकलाई अपहरण गरेको आरोपमा विप्लव समूहका आठ जनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ परेकाहरुले तीनपाटन गाउँपालिका-८ तिल्पुङडाँडास्थित भीमसेन निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीलाई अपहरण गरेको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमध्ये २० वर्षीया प्रतिमा परियारलाई प्रहरीले शनिबार नै पक्राउ गरेको हो। अन्य सातजना भने आइतबार बेलुका पक्राउ परेको सिन्धुली प्रमुख प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन्।

    शनिबार बिहान स्कुलमा छात्रवृत्ति बाँडिरहेको अवस्थामा प्रधानाध्यापक भण्डारीलाई उनीहरूले अपहरण गरेका थिए। जिल्ला प्रहरी कार्यालयसमेतबाट खटिएको प्रहरीले सोही ठाउँस्थित लायो गाउँको खानीपाखा जंगलबाट भण्डारीलाई सकुशल उद्धार गरेको हो।

    शनिबार पक्राउ परेकी प्रतिमाको साथबाट दुई वटा खाली सकेट बम र एक थान सुतली बम बरामद भएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार