Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकामा पाकिस्तान विरुद्ध प्रदर्शन


    सोमबार, भाद्र १५ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। अमेरिकी शहर न्युयोर्कमा पाकिस्तानका विरुद्धमा प्रदर्शन भएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार अमेरिका रहेका पाकिस्तानी तथा अरु विदेशी नागरिकहरुले  पनि न्युयोर्कमा रहेको पाकिस्तानी कन्सुलेटमा गएर पाकिस्तानको सरकारका विरुद्धमा प्रदर्शन गरेका हुन् । 

    नागरिकलाई जबर्जस्ती बेपत्ता बनाउने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइतबार त्यहाँ प्रदर्शन भएको न्युयोर्कबाट दिइएको समाचारमा जनाइएको छ । पाकिस्तानमा पनि नागरिकहरुलाई जबर्जस्ती बेपत्ता बनाउने क्रम नरोकिएको भन्दै यसविरुद्ध प्रदर्शन भएको ती प्रदर्शनकारीहरुले बताएका छन् । 

    पाकिस्तानका अल्पसंख्यक समुदायका नागरिकलाई जबर्जस्ती अपहरण गरेर बेपत्ता बनाउने गरिएको र पछिल्लो समयमा सो क्रम अझ बढ्दै गएको भन्दै त्यस कार्यका विरुद्धमा सो प्रदर्शन गरिएको थियो । 
    प्रदर्शनकारीहरुले यस्तो कार्य तुरुन्त रोक्न पाकिस्तान सरकार र त्यहाँको सेनासमक्ष माग पनि गरेका थिए । प्रदर्शनका सहभागीले भनेका थिए– हामी पाकिस्तानी सरकरको यस्तो कार्यको कडा रुपमा विरोध गर्दछौँ र उनीहरुले यस्ता कार्य तत्कालै बन्द गरुन् भन्ने चाहन्छौँ । 

    उनीहरुका अनुसार पाकिस्तानको सेना र त्यहाँका गुप्तचर निकायका अधिकारीहरुले नै कैयौँ राजनीतिकर्मी, विभिन्न पेशामा लागेका व्यक्ति र पत्रकारहरु समेतलाई बेपत्ता बनाएका छन् । यसरी जबर्जस्ती बेपत्ता बनाइएका व्यक्तिहरुको संख्या पाकिस्तानमा हजारौँ रहेको उनीहरुको भनाई छ । सो क्रम अहिले पनि नरोकिएको बरु झनै बढ्दै गएको उनीहरुको भनाई छ । सो पदर्शनमा सहभागी भएका एकजना व्यक्ति नजिब खानले भन्नुभएको छ– हामीले पाकिस्तानको सेना र त्यहाँको सरकारको समेत यो गलत कार्यका बारेमा विश्वमा नै थाहा दिन यहाँ आएर प्रदर्शन गरेका हौँ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार