Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप १३६ जनामा कोरोना संक्रमण


    शुक्रबार, बैशाख १ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार ४२४ नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना देखिएको हो ।

    जसमा १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार २२७ जनाको एन्टीजेन परीक्षण गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण देखिएको छ।

    योसँग कोरोनाको संक्रिय संक्रमको संख्या ४०१ पुगेको छ । शुक्रबार मात्रै कोरोनाबाट निको भएर ६८ जना घर फर्किएका छन् । संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोनावपिरुद्धको बुष्टर डोज खोप लगाउन सबैमा आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार