काठमाडौं। गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने गरी यही वैशाख ९ गते ३ बजेलाई संसद बैठक बोलाइएको छ । तर, उनले विश्वासको मत नलिई राजीनामा दिने योजनामा रहेको बुझिएको छ ।
मुख्यमन्त्री अधिकारीले आफूले गरेका काम र आफ्ना धारणा राखेर राजीनामा घोषणा गर्ने सम्भावना छ । गत चैत १० गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले वैशाख ९ गतेसम्म विश्वासको मत लिनुपर्ने अवस्था छ ।
विश्वासको मत नपाउने भएपछि प्रक्रिया नलम्ब्याउन सचिवालयले सुझाव दिएको छ । ‘नपाउने विश्वासको मत किन लिने भनेर हामीले भनेका छौँ । उहाँले यही गर्छु भन्नुभएको छैन,’ सचिवालय स्रोतले भन्यो ।
एमाले संसदीय दल नेतासमेत रहेका अधिकारीले विश्वासको मत लिने वा राजीनामा दिने भन्नेबारे एमाले संसदीय दलको बैठकमा छलफल गर्दै छन् । वैशाख ३ गते साँझ बस्ने गरी दलको बैठक बोलाइएको एमाले सांसद कृष्णप्रसाद पाठकले जानकारी दिए ।
प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका सभामुखबाहेक ७, राप्रपाका दुई र एक जना स्वतन्त्र निर्वाचित सांसद छन् ।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले बहुमत अर्थात् ३१ सांसद आफ्नो पक्षमा पार्न सक्ने अवस्था छैन ।
खगराज गत मंसिरको चुनावपछि पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई त्यतिबेला एमाले, माओवादी, राप्रपा र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका थिए । पछि स्वतन्त्र सांसद राजीव गुरूङले विश्वासको मत नदिई प्रतिपक्षमा बसे ।
समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend