काठमाडौं। गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने गरी यही वैशाख ९ गते ३ बजेलाई संसद बैठक बोलाइएको छ । तर, उनले विश्वासको मत नलिई राजीनामा दिने योजनामा रहेको बुझिएको छ ।
मुख्यमन्त्री अधिकारीले आफूले गरेका काम र आफ्ना धारणा राखेर राजीनामा घोषणा गर्ने सम्भावना छ । गत चैत १० गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले वैशाख ९ गतेसम्म विश्वासको मत लिनुपर्ने अवस्था छ ।
विश्वासको मत नपाउने भएपछि प्रक्रिया नलम्ब्याउन सचिवालयले सुझाव दिएको छ । ‘नपाउने विश्वासको मत किन लिने भनेर हामीले भनेका छौँ । उहाँले यही गर्छु भन्नुभएको छैन,’ सचिवालय स्रोतले भन्यो ।
एमाले संसदीय दल नेतासमेत रहेका अधिकारीले विश्वासको मत लिने वा राजीनामा दिने भन्नेबारे एमाले संसदीय दलको बैठकमा छलफल गर्दै छन् । वैशाख ३ गते साँझ बस्ने गरी दलको बैठक बोलाइएको एमाले सांसद कृष्णप्रसाद पाठकले जानकारी दिए ।
प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका सभामुखबाहेक ७, राप्रपाका दुई र एक जना स्वतन्त्र निर्वाचित सांसद छन् ।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले बहुमत अर्थात् ३१ सांसद आफ्नो पक्षमा पार्न सक्ने अवस्था छैन ।
खगराज गत मंसिरको चुनावपछि पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई त्यतिबेला एमाले, माओवादी, राप्रपा र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका थिए । पछि स्वतन्त्र सांसद राजीव गुरूङले विश्वासको मत नदिई प्रतिपक्षमा बसे ।
समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend