Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ९ वर्षीया बालिकालाई यौन शोषण गर्ने भूपू भारतीय सैनिक पक्राउ


    सोमबार, भाद्र १५ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भूतपूर्व भारतीय सैनिक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय रेशबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    स्याङ्जा बिरुवा गाउँपालिका–७ घर भई हाल कास्की पोखरा महानगरपालिका मिलनचोक गुरुङलाई सोमबार पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए ।

    लुकिछिपी बसेका गुरुङले विगत ४–५ महिनादेखि बालिकालाई ललाईफकाई यौन शोषण गरेको अनुसन्धानबाट खुलेको एसपी श्रेष्ठले बताए ।

    गुरुङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार