काठमाडौं । खानेपानी मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल एक तलामुनिको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा हुने तयारीमा छन् । खानेपाानी मन्त्रालयको प्रशासन महाशाखााको प्रमुख पौडेलले बिचौलियामार्फत् नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री भएका प्रकाश ज्वालालाई समेत गुमराहमा पारी भौतिक पूर्वाधार मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा सरुवा हुने निश्चित जस्तै भइसकेको छ । भौतिक पूर्वाधार मन्त्री ज्वालाले पौडेललाई मन्त्रालयमा ल्याउनका लागि ग्रिन सिग्नल दिइसकेको दाबी शोभाकान्तले निकटस्थहरुसँग सेयर गरिसकेका छन् ।
खानेपानी मन्त्रालयका विभाग र डिभिजनदेखि आयोजनाका इन्जीनीयर, डीईहरुको सरुवा र बिभागीय प्रमुख बनाउँदा तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीसँग बिचौलियाको भूमिका खेलेको आरोप पौडेलमाथि लाग्दैआएको छ । आफूलाई नेपाली कांग्रेस निकट भनेर चिनाउने शोभाकान्त पौडेल समाजवादीको मन्त्रालयमा कसरी सरुवा हुन लागेका छन् ? समाजवादी निकट एकीकृत कर्मचारी संगठनका नेताहरु नै आश्चर्यमा परेका छन् । आगामी बैशाख १८ गते भौतिक मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख इन्द्रमणि पोखरेल अनिवार्य अवकाशमा जाने भएकाले रिक्त पदमा पौडेलले आँखा गाडेका हुन् ।
खानेपानीमा १ बर्ष कार्यरत रहँदा प्राविधिकहरुको सरुवामा आकर्षक लाभ लिन पल्केका पौडेल देशको सबैभन्दा बढी बजेट परिचालन गर्ने भौतिक मन्त्रालयका इन्जीनीयर, डीई र सुईहरुको सरुवामा झन् बढी फाइदा हुने हिसाबकिताव गरेर जाने कसरतमा लागेका हुन् । पौडेलले भौतिक मन्त्रालयका बसिसकेका पूर्वसहसचिवहरुसँग समेत त्यहाँ गएपछि हुने लाभका बारेमा सुझाव लिन भ्याइसकेका छन् । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएका सहसचिव तुल्सी गौतम र बहालवाला सहसचिव इन्द्रमणि पोखरेलसँग पनि उनले परामर्श गरिसकेको स्रोतको दाबी छ ।
आफ्ना सहकर्मी जस्तै भूमिका खेल्दैआएका उपसचिव शशीकुमार लम्साल राजस्व अनुसन्धान विभागमा सरुवा भइसकेपछि एक्लो महसुस गर्दैआएका पौडेलले भौतिकमा जाने सुृर कसेका छन् । आन्तरिक राजस्व विभागको महानिर्देशकबाट ६ महिना नपुगी सामान्य प्रशासनको बरन्डामा खेदिएका पौडेललाई अप्ठेरो समयमा लम्सालले खानेपानीमा ल्याएर गुन लगाएका थिए ।
निजामती प्रशासनमा कर फस्र्योट आयोगको सदस्य सचिवका रुपमा २१ अर्ब अनियमितता गरेका चुडामणि शर्माभन्दा पनि बढी अकूत सम्पत्ति कमाउनेभित्र सहसचिव शोभाकान्त पौडेल पर्दछन् । उनी तल्लो तहबाट निजामती सेवामा प्रवेश गरेका र अधिकृत भएपछि राजस्व अनुसन्धान विभागको थानकोटमा हुँदा ट्रक गनेर घुसको दररेट लगाई असुली गरी अथाह आर्जन गर्ने भनेर चिनिन्छन् ।
पौडेल ठूला करदाता कार्यालयको प्रमुख छँदा एनसेलको ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली प्रकरणमा मुछिएका थिए । तत्न्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा र ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलकै योजनामा एनसेलले लाभकर छलेको समाचार बाहिर आएको थियो । एनसेलको लाभकर नतिरी टेलियासोनेरालाई नेपालबाट भगाउने भूमिका समेत पौडेलनै खेलेका थिए ।
काठमाडौँ। नेकपा(एमाले)ले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो। आउँदो...
काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ। आज बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो...
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुने कार्यक्रम छ । दिउँसो साढे २ बजेबाट मतदान सुरु गर्ने भनिएपनि...
काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन कुमार थापा र आफूले कुनै पनि निश्चित उम्मेदवारलाई भोट हाल्नका लागि कसैलाई निर्देशन वा दबाब...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको शपथ लिएकी छन्। बिहीबार एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले पद तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend