काठमाडौं। आज साताको चौथो कारोबार दिन बुधबार सेयर बजार उकालो लागेको छ । बुधबार नेप्से परिसूचक ९२ अंकले उकालो लागेको हो ।
योसँगै सुचक १९६३ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८ अङ्कले वृद्धि भइ ३७३ विन्दुमा पुगेको छ।
यसअघि मंगलबारको कारोबारमा भने नेप्से परिसूचक २७.३१ अंकले उकालो लागि १८७१.३३ विन्दुमा अडिएको थियो । सोही दिन ९४ करोड ५२ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ९७ करोड ६० लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। यसैगरी, नेप्से सुचकमा २१८ कम्पनीमा वृद्धि भएको छ ।
त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ११ करोड ७१ लाख रुपैयाँको कारोबार गरेको छ । यसैगरि एनआसि एशिया र हिमालय डिस्टिलरी कम्पनीले ६ करोड २९ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।
बुधबार सबै उपसुचक कम्पनीहरुमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरु मध्ये सबैभन्दा धेरै फाइनान्सको ६.८४ प्रतिशतले मूल्य बढेको छ । यसैगरि बैंकिङ, विकास बैंक र माइक्रो फाइनान्सको ५प्रतिशतले मूल्य बढेको छ ।
आजको सिद्धार्थ इक्विटी, सिटिजन म्युचुअल फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, आदश् लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्त वित्तिय संस्थाको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend