काठमाडौं। आज साताको चौथो कारोबार दिन बुधबार सेयर बजार उकालो लागेको छ । बुधबार नेप्से परिसूचक ९२ अंकले उकालो लागेको हो ।
योसँगै सुचक १९६३ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८ अङ्कले वृद्धि भइ ३७३ विन्दुमा पुगेको छ।
यसअघि मंगलबारको कारोबारमा भने नेप्से परिसूचक २७.३१ अंकले उकालो लागि १८७१.३३ विन्दुमा अडिएको थियो । सोही दिन ९४ करोड ५२ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ९७ करोड ६० लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। यसैगरी, नेप्से सुचकमा २१८ कम्पनीमा वृद्धि भएको छ ।
त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ११ करोड ७१ लाख रुपैयाँको कारोबार गरेको छ । यसैगरि एनआसि एशिया र हिमालय डिस्टिलरी कम्पनीले ६ करोड २९ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।
बुधबार सबै उपसुचक कम्पनीहरुमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरु मध्ये सबैभन्दा धेरै फाइनान्सको ६.८४ प्रतिशतले मूल्य बढेको छ । यसैगरि बैंकिङ, विकास बैंक र माइक्रो फाइनान्सको ५प्रतिशतले मूल्य बढेको छ ।
आजको सिद्धार्थ इक्विटी, सिटिजन म्युचुअल फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, आदश् लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्त वित्तिय संस्थाको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend