Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकैदिन तोलामै १ हजार रूपैयाँले बढ्यो सुनको मूल्य


    बुधबार, चैत्र २९ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज बुधबार सुन-चाँदीको मूल्य बढेको छ।

    अघिल्लो दिन मंगलबार प्रतितोला पाँच सय रुपैयाँले बढेको सुनको मूल्य आज बुधबार पनि प्रतितोला एक हजार रूपैयाँले बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको महासंघले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार