Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद कोषको ४ करोडबाट आइसोलेसन बनाउन प्रस्ताव


    आइतबार, भाद्र १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संसदको राज्य व्यवस्था समितिको भर्चुअल बैठकमा आइतबार कारागारमा फैलिएको कोरोना संक्रमणको विषयमा छलफल हुने क्रममा सांसद कोषको ४ करोडबाट आइसोलेसन बनाउन प्रस्ताव समेत गरिएकाे छ।

    बैठकमा जनता समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम) को रकम ४ करोड कोरोना भाइरसको जोखिम न्युनीकरण गर्नेमा खर्च गर्ने प्रस्ताव राखे । उनको प्रस्ताव राज्य व्यवस्था समितिबाट यो खालको निर्देशन होस् भन्नेतर्फ लक्षित थियो ।

    सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत प्रति निर्वाचन क्षेत्र ४ करोड रुपैयाँ छुट्याएको छ । उक्त बजेटअनुसारको योजना सम्बन्धित निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदको अध्यक्षतामा रहेको समितिले छनोट गर्ने गर्छ ।

    सांसद श्रेष्ठले प्रत्येक निर्वाचन क्षेत्रमा छुट्याएको ४ करोड रुपैयाँ सरकारले निर्णय गरेर वा सांसदहरुले आफैंले निर्वाचन क्षेत्रमा आइसोलेसन केन्द्र बनाउन खर्च गर्न सक्ने बताए । ‘यसै पनि यस बर्ष खर्च गर्न गाह्रो हुन्छ, खर्च नहुने ४ करोड रुपैयाँले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा–एउटा आइसोलेसन बनाऔं न’ श्रेष्ठले भने ।

    तर नेकपाका सांसद झपट रावलले त्यसमा असहमति जनाउँदै तर्क समेत राखे। उनले गत आर्थिक वर्षमा कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा पारेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम सदुपयोग हुन नसकेको जिकिर गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार