Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महानगरीय प्रहरी कार्यालयका थप १३ प्रहरीमा कोरोना संक्रमण


    आइतबार, भाद्र १४ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थप १३ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थप संख्या सँगै रानीपोखरीमा कार्यरत कुल संक्रमित प्रहरीको संख्या २८ पुगेको छ ।

    कपाल काट्ने प्रहरी कर्मचारीबाट रानीपोखरीमा कोरोना फैलिएको थियो । संक्रमित प्रहरी कर्मचारीलाई प्रहरी अस्पताल महाराजगञ्ज, आयुर्वेदिक अस्पताल कीर्तिपुर र सशस्त्र प्रहरी बलको एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

    त्यस्तै, सुन्धारास्थित केन्द्रीय कारागार सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी अनाश्रित सशस्त्र प्रहरी गुल्मका २६ जना प्रहरीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुन्धारास्थित केन्द्रीय कारागारमा संक्रमित प्रहरीको संख्या ५६ पुगेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार