काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उकालो लागेको छ ।
सोमबार नेप्से परिसूचक २७.३१ अंकले उकालो लागेको हो । यो संगै सुचक १८७१.३३ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७९ अङ्कले वृद्धि भइ ३५५.४५ विन्दुमा पुगेको छ।
यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ विन्दुमा अडिएको थियो । सोहि दिन ९१ करोड १९ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर खरिद बिक्री हुँदा ९४ करोड ५२ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ।
यसैगरी, नेप्से सुचकमा २०१ कम्पनीमा वृद्धि भएको छ । १६ कम्पनीमा ओरालो लागेको र एक कम्पनी स्थिर रहेको छ ।
त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ७ करोड १० लाखको कारोबार गरेको छ ।
यसैगरि सानिमा मिडल तामोर हाइड्रोपावर कम्पनी दोश्रो स्थानमा छ । उक्त कम्पनीले ५ करोड रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।
मंगलबार सबै उपसुचक कम्पनीहरुमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरु मध्ये सबैभन्दा धेरै निर्माण तथा प्रसोधनको ३ प्रतिशतले मूल्य बढेको छ
भने विकास बैंक र फाइनान्स इन्डेक्स कम्पनीको २ प्रतिशतले मूल्य बढेको छ ।
आजको कालिन्चोक दर्शन र आदश् लघुवित्त वित्तिय संस्थाको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ।
उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। साथै, सृजनशिल लघुवित्त वित्तिय संस्था, युनिक नेपाल लघुवित्त वित्तिय संस्था र छ्याङदी हाइड्रोपावरको ७ प्रतिशतले मूल्य बढेको नेप्सेले जनाएको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend