Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अझै सम्पन्न भएन नयाँ बानेश्वरमा आकाशे पुल


    आइतबार, भाद्र १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । नयाँ बानेश्वर चोकमा निर्माणाधीन आकाशे पुल अझै सम्पन्न भएको छैन । कोभिड–१९ का कारण सो पुलका लागि आवश्यक पर्नै दक्ष जनशक्ति ल्याउन नसकिएकाले पुल निर्माण गर्न नसकिएको हो ।

    पुल निर्माणको काम थोरै मात्रै बाँकी रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । पुलका लागि दक्ष प्राविधिक वीरगञ्जबाट ल्याउनुपर्ने भए पनि तत्कालको अवस्थामा ल्याउन नसकिएको डिभिजन प्रमुख कुबेर नेपालीले बताए। उनले भने, “अवस्था सामान्य भएर प्राविधिक ल्याएपछि केही दिनमा नै पुल सकिनेछ ।”

    काठमाडौँको सबैभन्दा बढी पैदलयात्रुले सडक वारपार गर्ने स्थान नयाँ बानेश्वर रहेको छ । डिभिजन सडक कार्यालयले विसं. २०७५ चैतमा आठ महिनामा आकाशे पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

    अघिल्ला वर्षमा डिभिजन सडक कार्यालयले सडक र पुल निर्माण मात्रै गर्दै आएकामा यस वर्ष आकाशे पुल निर्माणसमेत गर्दैछ । कोटेश्वर चोकमा पनि आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाइएको थियो । वडा कार्यालयले स्थान परिवर्तनको माग गरेपछि प्रक्रिया अघि बढ्न सकेको छैन ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार