Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कसले दियो सलमान खानलाई मिति तोकेर ज्यान मार्ने धम्की ?


    मंगलबार, चैत्र २८ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी। बलिउड अभिनेता सलमान खानलाई फेरी एक पटक ज्यान मार्ने धम्कीको फोन आएको छ । फोन गर्ने व्यक्तिले सलमानलाई ३० अप्रिल (१७ वैशाख) मा हत्या गरिदिने भनेर मिति नै तोकेर धम्की दिएका छन् । उक्त फोन सोमबार राती ९ बजे आएको हो ।

    १० अप्रिलमा सलमान खानले आफ्नो आउँदो फिल्म ‘किसी का भाइ किसी की जान’ को ट्रेलर रिलिज गरे । ट्रेलर लन्च भएको रात मुम्बई प्रहरीको कन्ट्रोल रुममा सलमानको विषयमा एक धम्कीपूर्ण फोन आयो ।

    फोन गर्ने व्यक्तिले आफ्नो परिचय जोधपुरको गाई रक्षक रकी भाइको रूपमा दिएका छन् । ती व्यक्तिले प्रहरीलाई फोन गरेर ३० अप्रिलमा हत्या गरिदिने बताए ।

    मुम्बई प्रहरीले यस सम्बन्धमा अनुसन्धान सुरु गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार