Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्र बैंकका गर्भनर अधिकारीले आज पत्रकार सम्मेलन गर्दै


    मंगलबार, चैत्र २८ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आजपत्रकार सम्मेलन गर्दैछन्। उनले देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न ;लागेका हुन्।

    बैंक तथा लघुवित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरूको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएको, आर्थिक वृद्धिदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्यालाई लिएर गर्भनर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन आज अपरान्ह १ बजे हुनेछ ।

    बैंकहरूले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार