Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नीमको रुख पल्टँदा सात भक्तजनको मृत्यु, ३० घाइते


    सोमबार, चैत्र २७ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। छिमेकी राष्ट्र भारतमा नीमको रुख पल्टँदा सात जनाको ज्यान गएको छ । महाराष्ट्रको अकोलामा रुख लड्दा अन्य ३० जना घाइते भएका छन् ।

    आइतबार साँझ ७ बजेदेखि भारी वर्षासँगै हावाहुरी चल्न थालेपछि नीमको रुख उख्लेर सबै भक्तजन जम्मा भएको टिनको शेडमा खसेको थियो ।

    जसमध्ये ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३६ जनालाई अस्पतालमा भर्ना गरिएको थियो । घाइतेमध्ये थप ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

    बाबुजी महाराज संस्थानमा धार्मिक कार्यक्रममा सहभागी हुन करिब ४० जना त्यहाँ पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार