Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु


    आइतबार, भाद्र १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतालमा आइतबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको दिउँसो साढे १२ बजे उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

    उनका अनुसार उच्च ज्वरो आएपछि ती व्यक्ति आइतबार बिहान ४ः३५ बजे उनी लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा भर्ना भएका थिए । लगत्तै गरिएको द्रुत स्वाब परीक्षणका क्रममा उनमा कोरोना देखिएको थियो ।

    अस्पतालका अनुसार ती व्यक्तिमा पहिल्यैदेखि मुटुरोग, मधुमेह र प्रेसरको समस्या थियो । बुटवल उपमहानगरमा अहिलेसम्म कोरोनाबाट तीन जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार